चितवन, २६ जेठ । चितवनमा भएकाे सवारी दुर्घटनामा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा ट्याङ्कर र बस ठक्कर खाँदा साे दुर्घटना भएकाे हाे।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११:३० बजे एक आपसमा ठोक्किँदा बसमा सवार १८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनाको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुवै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लाेकपाटी न्यूज

