काठमाडौं। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार रविन्द्र खड्काले बाजी मारेका छन्। शनिबार सम्पन्न भएको संघको महाधिवेशनमा प्रतिद्वन्दी सरिता लामिछानेलाई उछिन्दै खड्का विजयी भएका हुन्।
अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिएका थिए। जम्मा ३८७ ले मतदान गरेकोमा उनी प्रतिद्वन्दी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै बिजयी भएका हुन्। यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले निर्वाचनमै सर्वाधिक मत (२४३) ल्याइ बिजयी भएकी छिन्।
त्यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए भने महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए। सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गरे। साथै उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन्। सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए।
गतवर्ष चैत २३ गते हुने भनिएको निर्वाचन स्थगित भएपछि, अन्ततः शनिबार निर्वाचन भएकाे हाे। शुरुमा अध्यक्ष पदका लागि कलाकार तथा निर्देशक लय संग्रौला, कलाकार रविन्द्र खड्का, अभिनेत्री सरिता लामिछाने तथा नायक विशाल बिष्टले उम्मेदवारीमा नाम टिपाए थिए। तर, पछि भने संग्रौला र विष्टले आफनो उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि रवीन्द्र खड्का र सरिता लामिछानेबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएकाे हाे।



लाेकपाटी न्यूज

