मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

chori
लाेकपाटी न्यूज

नवलपरासी, २५ जेठ। पश्चिम नवलपरासीमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल हराएको सुचनाका अधारमा प्रहरीको गस्ती टोलिले सो गिरोहलाई पक्राउ गरेको हो।

बर्दघाट नगरपालिका वडा नम्वर १२ बस्ने हमित कामि, सोहारती अन्सारी, मुक्ति प्रसाद बढाई र सरावाल गाउँपालिका वडा नम्वर ३ बस्ने भिम नारायण चौधरी, इश्वर परियार गरि ५ जनालाई प्रहरीले नियन्त्रण लिएको छ। उनीहरुमाथि अनुसन्धान कार्य अगाडि बढाएकोे पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।

त्यस्तै हाराएका तीन मोटरसाइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका डिएसपि विरेन्द्र थापाले जानकारि दिए। साथै अन्य हराएका मोटरसाइकलहरु र चोरी कार्यमा संलग्नहरुको खोजिकार्य भइरहेको डिएसपि थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्