सहकारीकाे चर्को ब्याज नियन्त्रण हुन्छ : मन्त्री पद्मा अर्याल

Padma_Aryal
लाेकपाटी न्यूज

कास्की, २५ जेठ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले चर्काे ब्याज लगाएकाे गुनासाे आएको बताएकी छिन्। उनले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि चर्को ब्याज लगाएको गुनासो आउननु उचित नभएकाे बताइन्।

सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएकाे सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताइन्उ।

सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उनको भनाइ थियो। ‘सहकारीमा अधिकांश न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भनिन्।

मन्त्री अर्यालले ग्रामीण तथा विपन्न वर्गको पहुँच पुर्‍याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझावसमेत दिइन्। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गरेकी थिइन्।