यसरी गरे युवकले आफ्नै श्रीमतीको विभत्स हत्या

Murder
लाेकपाटी न्यूज

बंगाल, २४ जेठ। भारतमा एक युवकले छोरी जन्माएको भन्दै आफ्नै श्रीमतीको हत्या गरेका छन्। पश्चिम बंगालको मिदनापुर जिललामा २८ वर्षिय युवकले छोरी जन्माएको भन्दै घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका हुन्।

२५ वर्षिय श्रीमती लक्ष्मीप्रिया बुधबार साँझ हत्या भएको थियो। प्रहरीका अनुसार श्रीमानले उनलाई पहिले पनि उनलाई दाइजो नल्याएको भन्दै यातना दिने गरेको र उनको माइतीलाई पनि पटकपटक तनाव दिने गरेका थिए।

छोरी जन्माएको बहानामा उनको हत्या गरिएको पीडितको परिवारले जनाएको छ। उनका श्रीमानलाई प्रहरीले सोधपुछको लागि हिरासतमा राखेको छ। उनीमाथि अनुसन्धान भइरहेको छ।