गुण्डा नाइके भण्डारी पक्राउ

gunda nae k
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ। गुण्डा नाइके राधाकृष्ण भण्डारी पक्राउ परेका छन्। प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका हुन्।

उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेका हुन्।प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए।आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्