काठमाडौं, २२ जेठ। सर्माएर लजाएर तथा डार्लीङको अपार सफलतापछि गीतकार देवल भण्डारीको शब्दमा तयार भएको नयां गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ।
अष्ट्रेलियाको मेल्बोर्न निवासी भण्डारीको शब्दमा तयार भएको गीत मंगलवार युटुववाट सार्वजनिक गरीएको हो। नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीतको संगीत दिपक शर्माले गरेका छन्। साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन्।
गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन्। यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन्। नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्। गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ।



लाेकपाटी न्यूज

