अध्यक्षमा उम्मेदवारी दिएकै कारण सरितालाई ज्यान मार्ने धम्की

sarita lamichane
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ। अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ज्यान मार्ने धम्की आएको सरिताले बताइन्। ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारी जानकारी दिएकी हुन्।

उनले उम्मेदवारीपछि धेरै किसिमका धाकधम्की र बेइज्जति सहनु परेको समेत बताइन्। तर, कसले ज्यान मार्ने धम्की दियो यसबारे केही खुलाएकी छैनन्। पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए।

उनीहरुलाई साक्षी राख्दै सरिताले आफू संघको अध्यक्षमा निर्वाचित भए कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत बताइन्। सरिता चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन्। चलचित्र कलाकार संघको निर्वाचन जेठ २५ मा हुँदैछ। उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्