चितवन, २१ जेठ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मत लागि ६० लाख बजेट विनियोजन भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा–बनकट्टा सडक खण्डको ८ किलोमिटर मर्मतका लागि ३० लाख र वगई–बादरझुल्ला जोड्ने सडकको लागि ३० लाख विनियोजन भएको हाे।
साे बजेट विनियाेजन भएकाे पत्र माडी नगरपालिकालाई प्राप्त भएको माडी नगरप्रमूख ठाकुर प्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंले सो रकम विनियोजन गरेको हाे ।
विकास निर्माणले गति लिइरहेको माडीमा चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मत हुने भएसँगै माडीवासीहरु समेत हर्षित हुने र विकास निर्माणले निरन्तर गति लिने समेत अधिंकाशले विश्वास लिएका छन् ।



लाेकपाटी न्यूज

