यसरी चिन्नुस् सक्कली र नक्कली नाेट

Money
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। राष्ट्र बैंकले सक्कली र नक्कली नोटका विशेषता सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरेको जनाएको छ।

यसलाई बजारमा नक्कली नोट भेटिएकाले सक्कली नोटका विशेषता सार्वजनिक गरिएको रूपमा बुझ्न नहुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

तीनवटै प्रकारका नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) रहेको हुन्छ।

हजार रुपैयाँमा पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ। बजारमा गभर्नरको हस्ताक्षर नभएका नक्कली नोट भेटिएको हल्ला चलेपछि राष्ट्र बैंकले नोटसम्बन्धि जानकारी सार्वजनिक गरेको हो।