विवाह मृत संस्था हाे, यसकाे विश्वास लाग्दैन : सलमान खान

salman khan
लाेकपाटी न्यूज

काठमाडाैं । बलिउड स्टार सलमान खानले विवाहमा विश्वास नलाग्ने बताएका छन्। विवाह मृत स‌ंस्था हाे भन्दै उनले यस्ताे बताएका हुन्।

उनले ५३ वर्षका भइसक्दा पनि अहिलेसम्म विवाह गरेका छैनन्। भारतका चर्चित नायक भएको हिसाबले उनको विवाहको बारेमा करोडौं समर्थक जान्न चाहान्छन्। यस विषयमा चासो राख्दछन्।तर विवाह सम्बन्धि उनकाे धारणा भने यस्ताे छ।

बुधबारदेखि सलमानको नयाँ चलचित्र ‘भारत’ प्रदर्शनमा आउँदै छ। यसै सिलसिलामा टाइम्स अफ इन्डियाले सलमानसँग अन्तर्वार्ता गरेको थियो।

अन्तर्वार्ताकै क्रममा सलमानलाई विवाहको बारेमा प्रश्न गरिएको थियो। विवाह कहिले गर्ने र यसमा विश्वास गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा सलमानले भने,‘म विवाहमा विश्वास गर्दिनँ। यो एक मृत संस्था हो।’

सलमानलाई फेरि सोधियो कि तपाइँलाई पिता बन्न मन छैन ? छोराछोरी हुर्काउन मन छैन ? सलमानले उत्तरमा भने, ‘जब समय आउँछ। समयले आफैं बताउँछ।’–एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्