मुलुकलाई अघि बढाउने गरी बजेट आएको छ : सुरेन्द्र पाण्डे

Surendra-Pande
लाेकपाटी न्यूज

काठमाण्डौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको भएका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा अनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको बताउनु भएको हो। मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले बजेटले वित्तिय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पारे।

सरकारले आगामी आर्थिक वर्ष साँढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ।नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको बताए। मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाई छ। नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्