भूकम्प गइरहने देश, फेरि गयाे शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

एजेन्सी । भूकम्प गइरहने देशकाे रुपमा चिनिएकाे देश जापानमा फेरि शक्तिशाली मूकम्प गएकाे छ।  जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ ।

यस भूकम्पको केन्द्रबिन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ ।  भूकम्पपछि सुनामीको सूचना जारी भने गरिएको छैन ।

स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन । जापान भूकम्पबाट बारम्बार प्रभावित हुने मुलुक हो ।

जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजारको मृत्यु भएको थियो ।