रोल्पा, २१ जेठ । आइतबारमात्र रोल्पामा शिक्षिकाको कुटाईबाट ५ विद्यार्थीको हात मात्र भाँचिएन अन्य १४ जना पनि घाईते भएको खबर बाहिरियो।
रोल्पाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी थिईन्। उक्त घटना सार्वजनिक भएपछि अर्को बिरोध भयो। विद्यालय ढिलो आएको भन्दै कुट्ने शिक्षिका भने प्रक्राउ परेकी छिन्।
इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।शिक्षिकालाई इलाका प्रहरी कार्यालय होलेरीमा राखिएको छ।शिक्षिका पक्राउ परेसँगै पीडित बालबालिकाका अभिभावकलाई पनि तत्काल ईप्रकामा बोलाइएको होलेरी प्रहरीले निवेदन लेख्न भनेपनि आफूहरुले लेख्न नजानेको एक अभिभावकले बताए।
उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको हो।जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन्। उनले यसअघि पनि विद्यार्थीहरुलाई यसरी नै पिट्ने गरेको घाईते विद्यार्थीहरुले बताएका छन्।शिक्षिकाको यातनाका बारेमा अभिभावकलाई बताउन चाहे पनि फेरी कुटाई खाने डरले उनीहरुले बताएका थिएनन्।
शिक्षिकको कुटाईबाट यसअघि पनि एक जना विद्यार्थीको कान फुटेको र अहिले कानै नसुन्ने भएको समेत विद्यार्थीले बताए। यता शिक्षिका पुनको कुटाईबाट विद्यालयमा रुवावासी चलेपछि हेर्न नसकेर आफू अफिस भित्र प्रवेश गरेको र छुटाउदा आफँैले पनि कुटाई खाइने डरले नजिक जान नसकेको अन्य शिक्षकहरुले बताएका छन्। शिक्षिकाको कुटाईबाट हात भाचिएकाहरु भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोका रहेका छन्।



लाेकपाटी न्यूज

