२६ सिडीओ सरुवा, को कहाँ पुगे ?

Home-Ministry
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ। मैगलबार २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ। गृह मन्त्रालयले आज २६ जिल्लाका सीडीओ को सरुवा गरेको हो।

मन्त्रालयले अर्जुन प्रसाद पोखरेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा गरेको छ। रुपन्देहीका उदय बहादुर रानामगर जिल्ला प्रशासन काभ्रे सरुवा भएका छन्। यस्तै गोरखाका गजेन्द्र बहादु श्रेष्ठको कपिलवस्तु सरुवा गरिएको छ भने देवेन्द्र लामिछानेलाई गोरखाको का.मु. सीडीओको रुपमा जिम्मेवारी दिइएको छ।

८ जना उप–सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ। रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भु प्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम सरुवा गरिएको छ। मन्त्रालयले सह–सचिव र उप–सचिव समेत गरी कुल २६ जना कर्मचारीको सरुवा गरेको छ।

                                     

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्