अभिनेत्री प्रियंका चोपडाको प्रधानमन्त्री बन्ने सपना

priyanka
लाेकपाटी न्यूज

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी पप गायक निक जोनससँग विवाह गरेसँगै हरेक दिन कुनै न कुनै कुराले खबरमा छाइरहेकी छिन्। सामाजिक सञ्जालमा उनले शेयर गरेका तस्विर तथा उनले कुनै अन्तर्वार्तामा गरेको कुराकानी पनि चर्चामा आउने गरेका छन्।

मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वल्डको ताज जितेर बलिउडमा स्थापित अभिनेतृ प्रियंकाले आफूलाई त्यहाँसम्म मात्रै सीमित राखिनन्। बलिउडमा स्थापित अभिनेत्रीको रुपमा लाखौं दर्शकको मन जितेकी प्रियंकाले एकाएक हलिउडमा पाइला टेकिन्। त्यतिबेला धेरैले प्रियंकाको हलिउड जाने निर्णय गलत हुने अनुमान गरेका थिए।

तर, प्रियंकाले त्यो अनुमानलाई गलत सावित गर्दै हलिउडमा पनि सफलता हासिल गरिन्। हलिउड उद्योगमा आफ्नो स्थान बनाउँदै उनी संसार भरका दर्शकको ध्यान आकर्षित गर्न सफल भइन। हलिउड मार्फत ‘ग्लोबल आइकन’ बनिसकेकी प्रियंका चोपडाले अब राजनीतिक यात्रा पनि सुरु गर्न चाहेको बताएकी छिन्।

प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन्। उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताइन्। यति मात्रै होइन प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताइन्।

तर, प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन्। प्रियंका चोपडा अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ फिल्म ‘स्काइ इज पिंक’ मार्फत बलिउडमा कमब्याक गर्ने तयारीमा छिन्। साथै उनी हलिउडका केही प्रोजेक्टमासमेत व्यस्त छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्