महानगरको निशुल्क स्वास्थ्य शिविर

Free Health
लाेकपाटी न्यूज

ललितपुर, २० जेठ। लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ। सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनस्र्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो।

उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा औषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका वृद्ध वृद्धालाई पौष्टिक आहारसमेत वितरण गरिएको थियो। शिविरमा करिब १ सय ५० वृद्ध वृद्धा र अन्य उमेर समुहका केही व्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन्।

विशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष विकासमान श्रेष्ठले बताए। उक्त शिविरबाट सिफारिस भई आएका जटिल समस्या भएका बिरामीलाई लोकन्थली स्थित बाल आँखा, नाक, कान घाटी अस्पताल तथा पुनस्र्थापना सेवाबाट दिइने बताइएको छ।

उपचार र औषधीमा सहुलियत उपलब्ध गराइने अस्पतालका इमेज प्रोमोसन अफिसर मनिष चित्रकारले जानकारी दिए। अस्पतालले विभिन्न स्थानमा प्रत्येक सोमबार आँखा, नाक, कान, घाटी सम्बन्धी शिविर संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्