भारतीय वायु सेनाकाे विमान हरायाे

Biman
लाेकपाटी न्यूज

नयाँ दिल्ली, २० जेठ। भारतीय वायु सेनाको विमान (एएन-३२) हराएको छ। भारतको आसामस्थित जोरहटबाट उडेको १३ जना सवार एएन-३२ कल साइनको भारतीय वायु सेनाको विमान सोमबार दिउँसो सम्पर्कविहीन भएको हो।

विमान अरुणान्चल प्रदेशको पूर्वी हिमालयमा पर्ने मेचुका एड्भान्स ल्यान्डिङ ग्राउण्डतर्फ उडेको थियो। उक्त ल्यानडिङ ग्राउन्ड चीनको सिमानाबाट ३० किलोमिटरको दूरीमा पर्छ। उक्त विमान स्थानीय समयानुसार दिउँसो १२ः२५ बजे उडेको थियो। उडान भरेको ३५ मिनेटसम्म सम्पर्कम भएको तर १ बजेपछि सम्पर्कविहीन भएको भारतीय सैनिक अधिकारीले बताएका छन्।

विमानमा आठ जना चालक दलका सदस्य र पाँच जना अन्य यात्रुहरु सवारभएको जनाइएको छ। विमानको खोजीका उपलब्ध सबै संसाधनहरुको प्रयोग गरिए पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ।