काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिका–१ नक्साल भगवती वहालस्थित चौरमा नचलाई राखेकाे कारमा आगजनी भएकाे छ। विगत ८/९ महिनादेखि नचलाई राखेको बा २ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कारमा शनिबार दिउँसो आगजनी भएको हाे ।
आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको छ । आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
