प्रहरी कार्यालयलाई लक्षित गरी बम विस्फाेट, ८ को मृत्यु

bom blast
फाइल तस्बिर
लाेकपाटी न्यूज

अफगानिस्तान। प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोट गरिएको छ। उक्त विस्फोटमा कम्तीमा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। स्थानीय समय अनुसार शनिबार बेलुका ९ः५० बजे विस्फोट भएको थियो। उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन्।

विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ। घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले बताए।

दुर्भाग्यबस आठ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन्। विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बताए।