पर्वत, १९ जेठ । नेकपा बिहादी गाउँ कमिटी पर्वतको प्रथम पूर्ण बैठक शनिबार सम्पन्न भएको छ। नेकपाका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गुप्त बहादुर ठकुरीले बिहादी गाउँपालिका कमिटिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन्।
बैठकमा बोल्दै ठकुरीले पार्टी केन्द्रको नीति तथा कार्यक्रमहरुलाई कडाईका साथ कार्यन्वयन गर्न र गराउन कार्यकर्ताहरुलाई निर्देशन दिए। नेकपा पर्वत जिल्ला सदस्य हुमुकला तिवारीले स्वागत मन्तब्य रहेको कार्यक्रम नेकपा पर्वत जिल्ला सदस्य अनिल प्रसाद मास्केले सञ्चालन गरेका थिए।
नेकपा बिहादी गाउँ कमिटीका अध्यक्ष शन्तबहादुर गुरुङ सबिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्यहरु मेघनाथ सुवेदी, मोति पौडेल, मनरुपा सुवेदी, राम गिरि, पर्वत जिल्ला सचिव सुदिप कुँवर,जिल्ला कार्यालय सदस्य भक्त कुँवर,गोबिन्द पहाडी,फलेवास नगरपालीका प्रमुख पदमपाणी शर्मा, बिहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसाल, पर्वत जिल्ला सदस्य हरिप्रसाद पौडेल, गुणबहादुर सुनार,ऋषि भुसाल, शेरबहादुर थापा, जनक भुसाल लगायतको उपस्थिति रहेको थियो।



लाेकपाटी न्यूज

