महेशसिंह महतो/ सिरहा, १८ जेष्ठ। सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको बा १ ख ६८८५ नम्बरको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकल चालक रहमानको मृत्यु भएको हो भने मोटरसाईकल पछाडी सवार अञ्जार घाइते भएका छन। ३७ वर्षिय गम्भीर रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अन्जारको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जानकारी दिए। नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई ठक्कर दिएको थियो। मृतकको लास पोस्टमार्टमको लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखीएको ईलाका प्रहरी कर्यालय लहानको डिएसपी राजेश थापाले जानकारी दिए।



लाेकपाटी न्यूज

