यार्सा टिप्न गएका तीन जनाको मृत्यु

yarsa
लाेकपाटी न्यूज

डोल्पा, १८ जेठ। डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो।

लेक लागेका बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा शनिबार बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका १ का ३८ वर्षीया बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भीरबाट लडेर मृत्यु भएको थियो। लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ। जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्