दक्षिण अफ्रिकामा नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला

mahila
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। दक्षिण अफ्रिकामा पहिलो पटक मन्त्रीमण्डलमा ५० प्रतिशत महिलाको सहभागीता भएको छ।

विश्वले विकासमा जति नै उछिनिरहेको भए ता पनि राजनीति लगायतका क्षेत्रमा महिलाहरुको उपस्थिती कम भईरहेको बेला दक्षिण अफ्रिकामा भने मन्त्रीमण्डलमा ५० प्रतिशत महिलाको सहभागीता रहेको छ। राष्ट्रपति सिरिल रामाफोले आफनो नयाँ मन्त्रीमण्डको घोषणा गरे जसमा ५० प्रतिशत महिला रहेका छन्।

जसमा एक महिला विपक्षी पार्टीकी पनि रहेकी छिन्। राष्ट्रपति सिरिल रामाफोले आफनो नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराएपछि यसको खुबै प्रशंसा भईरहेको जसलाई अभूतपूर्व कदम भनिएको छ।सिरिल रामाफोले विपक्षी पार्टीका अनुभवी राजनेता पेट्रीसिया डे लिलीलाई पनि मन्त्रीमण्डलमा सामेल गरेका हुन्। मेई ८ मा दक्षिण अफ्रिकामा भएको चुनावमा अफ्रिकन नेशनल कांग्रस पार्टीले आम चुनाव जितेको थियो।

५० प्रतिशत महिलाको सहभागीता भएपछि एक पत्रकारले बीबीसीसंग भने “क्याबिनेटमा आधार सिटमा महिलाहरुलाई सहभागीत गराउँने कदम एक सुखद र आश्चर्यजनक रहेको छ। यसले देखाउँछ की देशका मुखिया कति बुद्धिमान छन्”।

यता मन्त्रीमण्डलमा महिलाको ५० प्रतिशत सहभागीतालाई लिएर जनताहरुले पनि सम्मान र प्रशंसा गरेका छन्।यता राष्ट्रपति पेट्रीसिया डे लिलीले क्याबिनेट मन्त्रीको संख्या ३६ बाट घटाएर २८ बनाएका छन्।जसको कारण विपक्षी दल इकोनेमिक फ्रीडम फाईटर पार्टीले त्यसको भने आलोचना गरेका छन्।

क्याबिनेटलाई घटाएर सानो बनाउँनु बेइमानी भएको बताएका छन्।विपक्षीले क्याबिनेट मन्त्रीको संख्या घटाउँदा उपमन्त्रीको संख्या बढाईएको भन्दै आलोचना गरिरहेका छन्।