नेपालीको सिमा पास खोस्दै चीनले दुई हजार कामदार फिर्ता पठायो

लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। चीनले दुई हजार नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने भएको छ। ताक्लाकोटमा काम गर्न गएका उक्त नेपालीहरुलाई चीनले नेपाल फिर्ता पठाउने भएको हो।

हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो। पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए। यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको पास खोेसेको छ।

सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन्। बाँकी एक–दुई दिनमै आउने भएका छन्। कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन्।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्