पर्वतमा बालिका बलात्कृत

Rape-01
लाेकपाटी न्यूज

पर्वत, १७ जेठ। दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन्। विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्लाको पैयूँ गाउँपालिका ६ सरौँखोला घर भएका सुरज खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए।इलाका प्रहरी कार्यालय हुवासका प्रमुख एवं प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन्।

उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो। पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालमा राखिएको छ। घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्