प्रहरीले गर्यो मोटरसाइकल वितरण

motorcycle-police
लाेकपाटी न्यूज

काठमाडौं, १६ जेठ । नेपाल प्रहरी प्रधान कार्यालयले “एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप देशमा थप शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ विभिन्न प्रहरी युनिटहरुमा ३ सय ३० थान मोटरसाइकल वितरण गरेको छ । नागरिकको चाहना अनुसार अपराधमुक्त समाज निर्माण गर्नका लागि प्रहरीलाई साधनस्रोत युक्त बनाउन उक्त मोटरसाइकल वितरण गरिएको हो ।

समाजमा शान्ति सुरक्षा कायम गरी कुनैपनि घटना घटे पश्चात् तत्काल प्रहरी उपस्थितिलाई थप सहज बनाई घटनास्थलको सुरक्षा गरी प्रमाण संकलन गर्न, निष्पक्ष अनुसन्धान गरी कानुन कार्यान्वयन गर्न, प्रभावकारी रुपमा गस्ती गरी प्रहरी कार्यलाई चुस्त दुरुस्त बनाउन यस नीतिले सहयोग र्पुयाउने विश्वास लिइएको छ ।

नेपाल सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन कार्ययोजना अन्तर्गत उल्लेख भए अनुसार “एक प्रहरी चौकी एक सवारी साधन” वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालयबाट खरिद भएको उक्त मोटरसाइकलहरु वितरण गरिएको हो ।

हाल सम्म सरकारी सवारी साधन उपलब्ध नभएको जिल्ला डोल्पाको जिल्ला प्रहरी कार्यालय र सो मातहत ईलाका प्रहरी कार्यालय खदाङ्ग, प्रहरी चौकी त्रिपुराकोट र प्रहरी चौकी कालागांैडामा समेत गरी ४ थान मोटरसाइकल उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्