काठमाडौं, १६ जेठ। विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको हो।
यसैगरी, अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नयाँ योजना सरकारले गरेको छ। प्रविधिका क्षेत्रमा विश्वस्तरीय पढाई गर्ने व्यवस्था मिलाउन मदन भण्डारी विश्वविद्यालय बनाउन १ अर्ब दश करोड विनियोजन भएको छ।
अन्तरिक्ष अनुसन्धान केन्द्रको काम अगाडि बढाउने कार्यक्रम शुरु भएको छ। हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिनेछ।



लाेकपाटी न्यूज

