थाक्रेमा बस दुर्घटना, १६ घाइते, दुईको अवस्था गम्भिर

trisuli bus accident
फाइल तस्वीर
लाेकपाटी न्यूज

धादिङ, १५ जेठ। धादिङको थाक्रे गाउँपालिका वडा नं १ सिम्लेमा पर्यटक बस दुर्घटना भएको छ। बुधबार बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस राजमार्गबाट पचास मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा कुनै मानविय क्षती भने नभएको बताइएको छ। घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरी इन्सपेक्टर उद्धव पोखरेलले बताए। उनका अनुसार सिम्लेमा ना ५ ख ८०६८ नम्बरको कन्टेनरले ओभरटेक गर्न खोज्दा बसमा ठोक्किएपछि बस सडकबाट तल झरेको हो।

सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्। दुर्घटनामा घाइते भएको १६ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्