अन्तरीक्ष अध्ययनका लागि बजेटको व्यवस्था

budget Nepal
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले परमाणविक र अन्तरीक्ष अध्ययन केन्द्र खोल्ने भएको छ। सरकारले नयाँ बजेटमा उक्त व्यवस्था गरेको हो।

संघीय संसदमा बुधबार आगामी वर्षको आयव्ययको विवरण (बजेट) पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले रेडियोधर्मी किरणको प्रयोग र अन्तरिक्षको अध्ययन गर्न केन्द्र खोल्ने जानकारी दिए।

यसअघि सरकारले संघीय संसदमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्नसम्बन्धी बनेको विधेयक दर्ता गराएको थियो।