काठमाडौं। आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने भएको छ। सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६–७७को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन्।
उनले युवाको जाँगर समृद्धिको आधार भन्ने नाराका साथ आगामी वर्ष युवा जागरणको वर्ष मनाउने बताए। यसका लागि संघ, प्रदेश र स्थानीय तहले विभिन्न सामाजिक संस्थासँग सहकार्य गरी सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताए।
युवा वैज्ञानिक सम्मेलन सरकारले अघि सारेको नयाँ कार्यक्रम हो। कार्यक्रमले दक्ष र शिक्षित जनशक्तिको पलायन रोक्ने अपेक्षा गरिएको छ। सरकारले युवा वैज्ञानिक सम्मेलनको योजना अघि सारेपछि युवाहरुमा खुसियाली छाएको छ।



लाेकपाटी न्यूज

