सिन्धुपाल्चोक, १५ जेठ। भूकम्पका कारण बन्द भएको तातोपानी नाका बुधबारबाट खुल्ने भएको छ। यो नाका बन्द भएको ४९ महिनापछि खुल्न लागेको हो।
नेपाल–चीन सिमाना मितेरी पुलमा चीनले विशेष समारोहको आयोजना गर्दैछ भने नेपालतर्फ लिपिङ बजारमा नेपालीपक्षले कार्यक्रम आयोजना गर्दैछ। नाका खुल्ने भएपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन्। कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा लिएर समारोह स्थलमा आएका छन्।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ। वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन्।
उद्योग वाणिज्य मन्त्री मातृका यादव, सांसदरु अग्नि सापकोटा शेर बहादुर तामाङलगायतका नेताहरु कार्यक्रममा आउँदैछन्। बुधबार चीनबाट ४ गाडी ऊन लिएर नेपाल आउने र नेपाल बाट २ गाडी सामनसहित चीनतर्फ जाँदैछन्। मितेरी पुलमा अहिले नेपाल तथा चिनियाँ सरकारी अधिकरी भेटघाट गरिरहेका छन्।



लाेकपाटी न्यूज

