जहाजबाट ग्यास चुहिदाँ १० को मृत्यु

plane-crash-hondu_UmtGO
लाेकपाटी न्यूज

 काठमाडौं, १५ जेठ। चीनमा पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको छ।

चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोकेको पानीजहाजबाट ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका छन्।स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो।

घाईते भएकाहरुको यतिबेला उपचार भइरहेको छ । यता प्रहरी ग्यास चुहिएको सम्बन्धमा केही व्यक्तिहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । एजेन्सी