प्राविधिक प्रहरी जवानको स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ । नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवानको विशेष स्वास्थ्य परीक्षणको नतिजा सोमबार प्रकाशन गरिएको छ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार लिइएको विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सोमबार प्रकाशन गरिएको हो। साथै, विशेष स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने लिखित परीक्षाको तालिका समेत प्रकाशन गरिएको छ।

विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा तथा लिखित परीक्षाको तालिका सम्बन्धि विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्