अजय देवगनका पिताको निधन

viru
लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ। बलिउडका चर्चित अभिनेता अजय देवगनका पिताको निधन भएको छ। सोमबार अजय देवगनका बुवा वीरू देवगनको निधन भएको हो।

उनी बलिउडका चर्चित द्वन्द्व निर्देशक हुन्। सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा वीरूको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी लामो समयदेखि अस्वस्थ्य थिए।

वीरू देवगनले क्रान्ति, शंहशाह, फूल और काँटे जस्ता चलचित्रहरूमा एक्सन कोरियोग्राफरको रूपमा काम गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्