काठमाडौं, १३ जेठ । मलेसियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा १ नेपालीसहित १३ जना आप्रवासी कामदार पक्राउ परेका छन्।
मलेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्। मलेसियाको अध्यागमन प्रहरीले बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ पर्नेमा १ नेपाली, ४ जना नाइजेरियाली, १ तान्जानियाली, ३ जना बंगालीदेशी तथा २ जना सुडानी रहेको अध्यागमन प्रहरीले जनाएको छ। यस्तै गुयनामा २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका विदेशी रोजगारीका लागि मलेसिया आइ श्रम अवधि सकिए पनि स्वदेश नफर्की काम गर्ने परेका छन्। एजेन्सी



लाेकपाटी न्यूज

