रौतहट, १३ जेठ। रौतहटको कृषि ज्ञान केन्द्रका प्रमुख एक कर्मचारीले आफ्नै हाकिमलाई कुटपिट गरेका छन्।आइतबार दिउँसो कर्मचारी विप्लव गुप्ताले आफ्नै हाकीम रवीन्द्र कुमार श्रीवास्तवलाई कुटपिट गरेका हुन्। विप्लव सोही कार्यालयका योजना फाट हेर्ने योजना अधिकृत हुन्। उनले आफ्ना हाकिमलाई कार्यालयमै कुटपिट गरेका हुन्।
अधिकृत गुप्ताले देवाही गुनाही नगरपालिका धरहरीको ठेगानामा आफ्नै परिवारका सदस्यहरूलाई राखेर जाली समूह बनाई सो समूहमार्फत आउने विभिन्न कार्यक्रमको बजेट हिनामिना गर्न खोजेपछि दुई पक्षबीच झगडा भएको सोही कार्यालयका कर्मचारी सर्फलाल यादवले बताए।
गुप्ताले ३ वटा कृषक समूहमा आफ्नो बुवा, काका तथा श्रीमतीको जाली हस्ताक्षर गरी कार्यक्रम पार्न खोजेको र कार्यालय प्रमुखले सोधपुछ गर्दा समूह दर्ता रजिस्ट्रार च्यात्ने क्रममा कार्यालय प्रमुखले रोक्दा प्रमुखलाई हातपात गरेका थिए।
रकम हिनामिना गर्ने उदेश्यले योजना अधिकृत गुप्ताले यस अगाडीका कार्यालय प्रमुख राज नारायण यादवको नक्कली हस्ताक्षर गरी रजिस्ट्रार आफैले राखेपछि सो रजिस्ट्रार कार्यालय प्रमुख श्रीवास्तबले मागेका थिए। उक्त रजिस्ट्रार लिन जाँदा गुप्ताले आफूमाथि हातपात गरेको कार्यालय पनि उनले बताए।
गुप्ताको हातपातबाट कार्यालय प्रमुख श्रीवास्तवको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। यस अघि पनि योजना अधिकृत गुप्ताले फर्जी कृषि समूह बनाई लाखौँ रकम हिनामिना गरेको गुनासो आएको कार्यालय प्रमुख श्रीवास्तबको आरोप छ।
यस पटक पनि आफ्नै परिवारका सदस्यहरूलाई राखेर मोटर लगायतका सामान गोलमाल गर्न खोजेपछि त्यसलाई रोक्न जाने क्रममा यस्तो घटना भएको सोही कार्यालयका एक अर्का कमचारीले बताए।
कार्यालय प्रमुखमाथि हातपात गरेको अभियोगमा योजना अधिकृत विप्लव गुप्तालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ आइतबार नै पक्राउ गरेको थियो। उनलाई तारेखमा छाडिएको छ।



लाेकपाटी न्यूज

