पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’को संक्षिप्त जीवनी

krishna-sen.jpg1_
लाेकपाटी न्यूज

आज कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस। ईच्छुक नेपालका एक वरिष्ठ पत्रकार एवं साहित्यकार हुन्। प्रगतिशील धाराका साहित्यकार एवं क्रान्तिकारी धाराका पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो।

तात्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा मारिने उच्च तहका नेतामा इच्छुकको पनि नाम आउँछ। उनी नेपाली साहित्यिक एवं पत्रकारिताको क्षेत्रमा उज्जवल नक्षेत्र हुन्। यहाँ हामीले इच्छुकको जीवनी बुँदागत रुपमा प्रस्तुत गरेका छौं।

कृष्ण सेन ‘इच्छुक’ संक्षिप्त परिचय

नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म : वि.सं. २०१३ कार्तिक ३
जन्मस्थान : भारतको देहरादून
आमा : भीमकुमारी सेन
बुवा : यमबहादुर सेन
पत्नी : तक्मा केसी
छोरी : समीक्षा केसी
शिक्षा : बीएड, एमए

आबद्धता :

अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय व्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ

प्रकाशित कृतिहरु :

शोकाञ्जली (२०४८)
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरि (२०५७)

सम्पादन :

कलम साहित्यिक त्रैमासिक,
जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजनालगायत

पुरस्कार :

साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त

जेल जीवन :

दाङ कारागार (६ वर्ष)
भद्र बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि.सं. २०५९ जेठ १३
(महेन्द्र पुलिस क्लबको हिरासतमा)

शहादतपछि प्रकाशित कृतिहरु :

कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ
इच्छुक रचनावली भाग १–३
कवि इच्छुक कविताका सन्दर्भमा
आस्था र निष्ठाका सतिसाल इच्छुक ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्