ललितपुर, १२ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो ।
बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् । बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।
अहिले सुरक्षाकर्मीले बम रहेको छेत्र आफ्नो नियन्त्रणमा लिएको छ । घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली समेत पुगेको छ ।



लाेकपाटी न्यूज

