काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट महोत्तरी जलेश्वर नगरपालिका–४ बस्ने २८ वर्षीय सरोज मण्डललाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम ६ सय ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वगरबाट खटिएको प्रहरीले सरोजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–५ बाट सोही नगरपालिका–४ बस्नेहरु ३९ वर्षीय संजय कुमार झा र ४० वर्षीय संजिव कटुवाललाई नियन्त्रित लागूऔषध लुपिजेसिक १४ एम्पुल, डाईजेल्याब १४ एम्पुल र फेनारगन १४ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमौटीबाट गाईघाटतर्फ आउँदै गरेको स.४ प ३१०१ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लगूऔषध सहित फेला पारी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरीपाटीबाट सूर्यविनायक नगरपालिका–९ घर भएका २२ वर्षीय आशिष परियार र काठमाडौं शंकरापुर नगरपालिका–३ घर भएका ३० वर्षीय सन्तोष कामीलाई लागूऔषध ट्रामा २० ट्याब्लेट, डाइलक्स ४ ट्यावलेट र कोफटाब ३ ट्याब्लेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

