वैदेशिक रोजगार : कस्तो हुन्छ जापानिज भाषाको पाठ्यक्रम ?

japaness language
लाेकपाटी न्यूज

सुवास बस्नेत/अन्य भाषाहरु जस्तै जापानिज भाषामा पनि के-के पढ्नुपर्छ, कति सम्मको पढ्नु पर्दछ र जापानिज भाषाको पाठ्यक्रम कस्तो हुन्छ भन्ने उत्सुकता सबैमा रहन सक्छ। वैदेशिक रोजगारीका लागि जापान आकर्षक गन्तव्य ठानिएका बेला कौतुहलता जाग्नु स्वाभाविक पनि हो।

अध्ययनका लागि र जापान सरकारले कामदारका लागि लग्ने कामदारमा हुनुपर्ने योग्यता र पढ्नुपर्ने भाषाको पाठ्यक्रममा भने केही फरक हुन्छ। अध्ययनका लागि जापान जान चाहनेले कम्तिमा पनि N5 level को भाषा परीक्षा पास गरेको हुनुपर्छ भने working को लागि जान चाहनेले N5 र N4 दुवै Level को भाषा पास गर्नुपर्दछ।

जापानिज भाषाको Level N5 बाट सुरु भई कमशः N4, N3, N2 हुुँदै N1 सम्म हुन्छ। यहाँ हामीले N5 Level भित्र के–के पढ्नु पर्दछ, यसको पाठ्यक्रम कस्तो हुन्छ ? भन्ने विषयमा केही जानकारी दिएका छौं। जापानिज भाषाको N5 Level को Book भित्र २५ Chapter रहेका छन्। तर, यो Book सुरु गर्नुभन्दा अगाडि ७ देखि १० दिन सम्ममा हिरागाना (७९) र कातागाना (७९) राम्रोसँग जानिसक्नुपर्दछ।Lesson को शुरुवातसँगै खान्जी पढनुपर्ने हुन्छ, जुन क्रमशः बढ्दै जान्छ। N5 Level पढदासम्म कम्तिमा १००० खान्जी र ८०० शव्द जान्नुपर्ने हुन्छ।

सबैभन्दा ठूलो कुरा ईच्छाशक्ति हो। ईच्छाशक्ति भएमा जस्तासुकै परीक्षा पनि पास गर्न सकिन्छ। तर, त्यसका लागि भरपर्दो, विश्वासिलो माध्यम चाहिन्छ। तसर्थ, जापानिज भाषा कक्षा पढ्न चाहेमा यहाँहरुले फ्युचर गाेल कन्सल्टेन्सीमा हामीसँग ९८६००२१८८४ र ९८०८३१४४०७ मा सम्पर्क गर्न सक्नुहुनेछ, धन्यवाद !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्