अवैध लागूऔषधसहित ४ पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

काठमाडौं, ११ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ काँक्राबारी दोभानस्थित काठमाडौं बौद्ध बस्ने २० वर्षीय छेवाङ शेर्पा र झापा दमक नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–७ गौशाला बस्ने २० वर्षीया रेश्मा रानालाई अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब १२ ग्रामसहित शुक्रबार साँझ प्रहीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट आशापुरीबाट खटिएको प्रहरीले बा.८४ प १३६३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछ गर्नेक्रममा उनीहरुले सूर्यविनायक नगरपालिका–८ मालीगाँउ बस्ने ८० वर्षीय जोकर बाजे भन्ने भिमबहादुर तामाङबाट लिएको भनि बताएकोले महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले तामाङको घर तलासी गर्दा ९ सय ८० ग्राम लागूऔषध गाँजा समेत फेला पारी उक्त गाँजासहित तामाङलाई पक्राउ गरेको छ ।

त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–८ तल्लोकण्ठपुरस्थित भारत बहराईच थाना मोतिपुर तहसिल नानपारा ग्राम लौकाई बस्ने २७ वर्षीय रिजवान बेहनालाई १ ग्राम ४ सय ४० मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम ३ पत्तासहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० के ९७३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रिजवानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले स्थानीय आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्