नयाँ दिल्ली, १० जेठ। भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा काँग्रेसको हार स्वीकार गर्दै उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन्। यद्यपि काँग्रेस पार्टीका श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले राजीनामा दिएको बारे पार्टीलाई कुनै जानकारी भने दिइएको छैन। पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमतको सरकार बनाउने देखिएको छ भने काँग्रेस पार्टी पराजित भएको छ।
गान्धीले निर्वाचनमा मतदाताले नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री चाहेकाले जनताको निर्णयको आफूले सम्मान गर्ने जनाए। त्यसबाहेक उनले निर्वाचनमा आफ्नो पार्टीका प्रदर्शनका विषयमा निकै लामो बहस आवश्यक रहेको भन्दै थप प्रतिक्रिया दिन भने चाहेनन्।



लाेकपाटी न्यूज

