काठमाडौं, १० जेठ। त्रिशुली नदीमा भारतीय नम्बरको मिनि ट्रक खसेको छ। शुक्रबार बिहान त्रिशूली नदी किनारमा मिनि ट्रक खस्दा दुई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ आउँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो।सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। उनीहरूको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
आँप बोकेर काठमाडौँ आउँदै गरेको मिनीट्रक अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

