काठमाडौं, ९ जेठ। आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको मृत्यु भएको छ। बिहीबार विहान ६ः१० बजे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
राईले बिहीबार कोटेश्वर कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए। राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ।
राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताएको छ। शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने छ। राई हाल कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए।


लाेकपाटी न्यूज

