मुम्बई, ९ जेठ। बलिउड अभिनेता विवेक ओबरोय अहिले विवादमा तानिएका छन्। उनले आफ्नो ट्विटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन्।
उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर ट्विटरमा सेयर गरेका थिए। पछि विवेकले माफिसमेत माग्नुपर्यो। अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन्। नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्द्र मोदी’को कारणलाई लिएर ज्यान मार्ने धम्की दिएका हुन्।
नरेन्द्र मोदीको जीवनमा आधारित रहेर निर्माण भएको उक्त चलचित्रमा विवेकले मुख्य भूमिका निर्वाह गरेका छन्। उक्त धम्कीपछि विवेकलाई मुम्बई पुलिसले सुरक्षा दिइरहेको छ। विवेकलाई बुधबारबाट दुई नीजि सुरक्षाकर्मी प्रदान गरिएको छ। विवेकको घर बाहिर एक पुलिस वाहन पनि राखिएको छ।



लाेकपाटी न्यूज

