आइएनजिओ जति बन्द गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) बन्द गर्नुपर्ने बताएका छन्।

प्रवक्ता श्रेष्ठले पेशागत महासंघको २५ औं स्थापना दिवसमा आइएनजिओले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गरेका हुन्। ‘आइएनजिओले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैन’ उनले भने, ‘पारदर्शी ढंगले चलेका र जनतासँग प्रत्यक्ष जोडिएका बाहेक अन्य आइएनजिओ बन्द गर्नुपर्छ।’

नेपालमा हजारौंको संख्यामा सञ्चालित आइएनजिओले नागरिकलाई आश्रित बनाउँदै आएका छन्। आत्मनिर्भर अर्थतन्त्रका लागि आइएनजिओ बाधक भएको प्रवक्ता श्रेष्ठको ठहर छ।