दम्पतिबीच सुखमय यौन जीवन कसरी बनाउन सकिन्छ ?

couple happy sex love
लाेकपाटी न्यूज

काठमाडौं । पति पत्नीविच दुवैको यौन इच्छा पुरा हुन नसके श्रीमान श्रीमतिबीच खटपट सुरु हुन सक्छ। दाम्पत्य जीवन खुसी र सुखी राख्न यौन जीवनले अत्यन्त ठूलो महत्व रहन्छ। सबै दाम्पात्य सम्बन्ध मूख्यतः यौन जीवनको सफलतासँगै गाँसिएका हुन्छन्।

यौन सम्पर्कबाट केवल मनोरञ्जन मात्र प्राप्त हुने होइन। त्यसले शारीरिक तथा मानसिक रुपमा धेरै लाभ पनि मिल्दछ । पति पत्नीबीचको सम्बन्धलाई थप सुमधुर र मीठासपूर्ण बनाउने माध्यम भनेकै यौन सम्पर्क हो। जसले सफल दाम्पत्य जीवनको एउटा हिस्सा ओगटेको हुन्छ।

सफल यौन जीवनका लागि स्वस्थ्य शरीर र उचित समय, इच्छाशक्ति पनि चाहिन्छ। मानसिक तनावरहित समयमा गरिएको यौनको भिन्नै महत्व हुन्छ । मानसिक रुपमा विछिप्त मानिसको जब संवेदना मिल्दैन, तब उत्थानको अभाव हुन्छ। जसले यौन इच्छालाई नकारात्मक प्रभाव पार्दछ।

त्यसैगरि यौन क्रियामा दुवैको उत्साह अपरिहार्य हुन्छ। यदि पार्टनरमा कुनै उत्साह हुँदैन भने त्यसले पनि यौन जीवनलाई प्रभावित बनाउँछ। जसले आफ्नो पार्टनरलाई सन्तुष्टि नबनाउन सक्छ।

यौन क्रियामा दुवैको समान सहभागिता हुन अनिवार्य छ। यदि दुवैको समान रुचि नभए यौन क्रियाले सन्तुष्टि नदिन सक्छ। बलजफ्ती र एकोहोरो यौनक्रिया त्यति लाभप्रद हुन सक्दैन। दुवैमा यौन रुचि हुनुपर्छ र सक्रियता पनि उत्तिकै हुनुपर्दछ।

शरीरको कुनै पनि भागमा दुखाई एवं पीडा छ भने यौन सम्पर्कमा जोड दिनु हानिकारक हुन सक्छ। यस कुरालाई पार्टनरले बुझ्न सक्नु पर्दछ। दुवैको तन्दुरुस्त तथा समान आवश्यकतालाई बुझेर गरिने यौनले मनलाई शान्त र रोमान्टिक तुल्याउँछ।