पाँचथर हत्याकाण्ड : बमबहादुरका कान्छा ज्वाईंकाे संलग्नता

CHURa prahar
लाेकपाटी न्यूज

काठमाडौं, ७ जेठ। सोमबार राति भएको पाँचथर हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय छ। दुई परिवारका ९ जनाको ज्यान जाने गरि भएको उक्त हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा बमबहादुरका कान्छा ज्वाईँकाे संलग्नता रहेको देखिएको छ।घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका व्यक्तितर्फ सोझिएको छ। किनकी ती व्यक्ति हत्या भएका बमबहादुर फियाकका ज्वाईँ हुन्। सोमबार राति मिक्लाजुङ–३ मा बमबहादुर र उनका अर्का ज्वाईँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो।

स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो। एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्