एजेन्सी। २६ वर्षे चर्चित अमेरिकन गायिका एवं नायिका सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्ने भएकी छिन्। सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको इन्टाग्राममार्फत् जानकारी दिएकी हुन्।
गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन्। कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन्। उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु। अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं।’
कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए। उनीहरु एक–अर्काको हात समातिरहेको पनि भेटिएका थिए। ६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए।
उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि। आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु।’ यद्यपी, पिंकभिल्लाका अनुसार सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकी हुन्।



लाेकपाटी न्यूज

